मापसे गरी चलाएको माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको मृत्यु

53












मोरङमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ


आइतबार बिहान पौने १बजे सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँस्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रो बस  ठोक्किएका थिए।

दुर्घटना हुँदा बेलबारी नगरपालिका-११का २१ वर्षीय अर्जुन न्यौपाने र २१ वर्षीय मनोज कटुवाल घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको थियो।उपचारको क्रममा उनीहरूको बिहान पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।

माइक्रोबसका सहचालक बेलबारी-१का १८ वर्षीय उत्सव गिरीको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ।

 

त्यस्तै चालक काठमाडौंका २८ वर्षीय गणेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको खुलेको डिएसपी राईले बताए। ‍



You might also like
Loading...