बर्दघाटमा भजन चुट्का प्रतियोगिता


  • पप्पु रेग्मी  –


बर्दघाट २३ फागुन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पश्चिम नवलपरासी जिल्लाको दोश्रो साधारण सभा तथा भजन प्रतियोगिता कार्यक्रम शनिवार बर्दघाटको शिवालय मन्दिरमा भएको छ ।




संस्थाका जिल्ला अध्यक्ष टिकाराम लुईटेलको अध्यक्षता तथा लुम्विनी प्रदेशका प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले हाम्रो गाउँ घरमा छरिएर रहेको परम्परादेखि चलि आएको हाम्रो धर्म संस्कृतिको संरक्षण र सम्वर्धन गर्नु पर्नेमा जोड दिए ।

सोही अवसरमा बोल्दै सांसद अधिकारीले हाम्रो गाउँ घरमा गाईने लोक भजन चुडका रोईला गीतहरुको संरक्षण गर्नका लागि हाम्रा युवा पुस्ताहरुलाई हस्तान्तरण गर्नु पर्ने बताए ।

कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष लुईटेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्षधामका कृष्ण प्रपन्नाचार्य,ं. राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नारायण लेकाली, केन्द्रिय कलाकार केशव आचार्य, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल लुम्विनी प्रदेश संयोजक नारायण भुषाल, निर्णायक नारायण पाण्डे लगायत मन्तव्य राखेका थिए ।

श्निवार सम्पन्न भएको भजन प्रतियोगिता कार्यक्रममा दुर्गा भजन मण्डली बाढिपिडित समुह प्रथम भएको छ ।
त्यसै गरि राम भजन समूह गंगा वस्ति द्धितिय भएको छ । तृतिय सिद्धेश्वर भजन मण्डली समूह भएको छ भने सान्त्वना हरिहर धार्मिक सेवा प्रतिष्ठान बर्दघाट भएको छ । प्रथम पुरस्कार रु १० हजार नगद द्धितिय प्रमाणपत्र,रु.७ हजार नगद र प्रमाणपत्र, सान्त्वना पुरस्कार रु. ३ हजार नगद र प्रमाण पत्र रहेको थियो ।

सोहि दिन जिल्लाका विभिन्न स्थानका १७ वटा टिमको सहभागिता रहेको थियो ।
संस्थाको उपाध्यक्ष केयर सिंह गौतमको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त रेग्मीले गरेका थिए ।



सम्बन्धित
Loading...