नवलपुरमा २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता, ११ जिल्लाको सहभागिता रहने

84












कावासोती । पूर्वी नवलपरासीमा फागुन २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।


देउराली युवा समूह, विनयी त्रिवेणी गाउँपालिका ५, देउरालीको आयोजनामा देउरालीको भैसी खोला खेल मैदानमा हुने प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहने आयोजकले जनाएको छ ।

देउराली युवा समूहले आइतबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगद पुरस्कार पाउने छ ।

त्यसैगरी द्वितीय हुनेले ६० हजार, तृतीय हुनेले ३० हजार र विभिन्न ६ विधामा १०÷१० हजार पुरस्कार राखिएको देउराली युवा समूहका अध्यक्ष कलम जिसीले बताए । प्रतियोगिता फागुन २८ गतेसम्म चल्ने खेल संयोजक आमृतसिंह बाह्र घरेले बताए ।

प्रतियोगिताको नेपाली काँग्रेसका नेता तथा समाजसेवी विष्णु कार्कीले उद्घाटन गर्ने छन् । प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द रुपन्देही र तनहुँबीच हुने छ ।

प्रतियोगितामा नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, चितवन, पाल्पा लगायतका ११ जिल्लाको जिल्ला स्तरीय टिमको सहभागिता रहने छ ।



You might also like
Loading...