कुकुरलाई पिट्दा कुटिए दलित बालक

180












नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा गैर दलितले पालेको कुकुरलाई पिटेको भन्दै एक दलित परिवारको बालकलाई कुटपिछट गरिएको छ ।


पश्चिम नवलपरासीको सदरमुकाम परासीमा एक दलित बालकले परासी कै एक गैरदलितले पालेको कुकुरलाई हानेको भन्ने बहानामा दलित समुदायको एक बाललाई कुटपिट गरि गम्भिर घाईते बनाएका छन ।

गत आईतवार कन्हैया हरिजनको घरमा पारिवारिक धार्मिक कार्यक्रम सकेर साँझको समयमा कन्हैयाका छोरा समोद हरिजन परासीको अर्को टोलमा हिडने क्रममा गल्लीमा अचानक कुकुरले झम्टे पछि कुकुरलाई भगाउने क्रममा ढुंगाले हानेको विषयलाई लिएर परासी संगम टोल निवासी नन्दलाल यादवका परिवारले समोद हरिजनलाई निर्घात कुटपिट गरि गम्भीर घाईते बनाएको पिडित समोद हरिजनकी आमा उद्रावती हरिजनले बताए ।

उद्रावतीका अनुसार कुकुरलाई ढुंगा हानेको विषयलाई लिएर रामग्राम नगरपालिका वार्ड नम्बर ३ संगम टोलका स्थानिय नन्दलाल यादवको परिवारले चमार भन्दै जातिय विभेदपुर्ण ब्यावहार गर्दै समोदलाई आफनो घर भित्र लगी लाठी लाठिले निर्घात कुटपिट गरि गम्भिर घाईते बनाएका छन । कुटपिटका कारण १५ वर्षीय समोद हरिजनको दाहिना हात भाचिएको छ भने शरीरका अनेक भागमा चोट लागेको बताईएको छ ।

यसरी घाईते भएका हरिजनले जिल्ला प्रहरी कार्यालयमा पिडकलाई कार्वाहीको माँग गर्र्दै निवेदन दर्ता गर्न जांदा प्रहरीले समोदको जाहेरी समेत दर्ता नगरेको समोद हरिजनको भनाई रहेको छ । यति मात्र होईन कि हरिजनको जाहेरी नलिएको प्रहरीले समोदका बाबु कन्हैया हरिजन र कान्छा बुवा राजकुमार हरिजनलाई समेत यादवको घरमा तोडफोडमा संलग्न रहेको भन्दै गिरफतार गरेको छ ।

पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका मुददा फांटका ईन्चार्ज प्रहरी निरीक्षक राजिव श्रेष्ठले समोद हरिजन, उनका बुवा, कान्छा बुवा सहितको टोलीले नन्दलालको घर परिसरमा राखेको गाडी सहित अन्य सामान जोडफोड गरेकोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनु भएको छ । यस विषयमा जिल्ला प्रहरी प्रमुख अजय केसीलाई किन जाहेरी दर्ता नगरेको भन्ने प्रश्नमा वहां केही बोल्न नखोजी भेटमा मात्र कुरा गरौला भनि उत्तर छोटयाउनु भयो ।

घटना घटेको १३ दिन सम्म प्रहरीले विभिन्न बहाना बनाएर पिडित हरिजनको निवेदन समेत दर्ता नगरेको उल्टै विभिन्न बहाना बनाएर जिल्ला प्रहरी कार्यालयले पिडितका अन्य परिवार सदस्यहरुलाई नियन्त्रणमा लिएको कानुन ब्यावसायि मनोज हरिजनले बताए ।



You might also like
Loading...