सन्दर्भ: १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

179












  •  हस्तबहादुर केसी  –

महिलाहरुको व्यापक सहभागिता विना समाजवादको स्थापना असंभव छ ।“
– भ्लादीमिर इल्यिच लेनिन

आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक दिवस । आजकै दिन अर्थात् आज भन्दा ११० वर्षपहिले सन १०११ मार्च ८ दिन अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुले आफ्नो अन्तर्राष्ट्रिय दिवस मनाउने अधिकार प्राप्त गरेका थिए ।

त्यसैले ८ मार्च विश्वको जनसंख्याको आधाभन्दा बढी जनसंख्यामा रहेका अर्थात् संसारको आधाभन्दा बढी आकाश थाम्दै आएका श्रमिक महिलाहरुले आफ्नो मुक्तिको महान् तथा कठिन यात्रामा अन्तर्राष्ट्रिय महिला दिवस प्राप्त गरेकाले संसारकै महिला समुदायको इतिहासमा एक ऐतिहासिक र गौरवपूर्ण दिन हो । अर्थात् मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको गौरव गाथा स्थापित गरेको दिन हो ।

तसर्थ आज ८ मार्चलाई संसारभरका अरबौ श्रमिक महिलाहरुले आफ्नो अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन गइरहेका छन् । नेपालमा पनि आज अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) संगठनहरुले पनि देशव्यापी रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गइरहेका छन् ।

बिगतमा झै यश वर्ष पनि संसारभरका श्रमिक तथा उत्पीडित महिलाहरुले खुसीको दिनको रुपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने व्यापक तयारी गरिरहेका छन् ।

चीन, उत्तर कोरिया, भियतनाम, रुस, क्युवा, भेनेजुयला, ब्राजिल, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, फिनल्यान्ड, स्वीडेन, नर्वे, पोल्यान्ड, जापान, अमेरिका, भारत, टर्की, फिलिपिन्स, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, पेरु, नेपाल, दक्षिण कोरिया, कम्वोडिया, स्वीजरल्यान्ड, पाकिस्तान लगायत संसारभरका श्रमिक तथा उत्पीडित महिलाहरुले “ वर्गीय मुक्तिले मात्र महिलाहरुले मुक्ति पाउने “ मूल नाराका साथ १११ आौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउने भव्य तयारीमा जुटिरहेका छन् ।

नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिले मात्र संसारभरका श्रमिक तथा उत्पीडित महिलाहरुको मुक्ति संभव हुने कुरालाई मुख्य माग बनाए आफ्नो मुक्ति यात्रालाई अगाडि बढाउनु पर्ने विषयलाई श्रमिक महिलाहरुले अग्रसरता देखाएका छन् । र सामन्तवाद , विस्तारवाद र साम्राज्यवादको समाप्ति पछि मात्र विश्वभरका श्रमिक तथा उत्पीडित महिलाहरुले पूर्णरूपमा मुक्ति प्राप्त गर्ने मालेमावादी सिध्दान्त , रणनीति र कार्यनीति अवलम्बन गर्नुपर्ने आवश्यकता र अनिवार्यतालाई श्रमिक तथा उत्पीडित महिलाहरले आफ्नो मुक्ति संघर्षको मुख्य माग बनाएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै आफ्नो गौरवपूर्ण दिवस मनाउदै आएका छन । यसलाई यस वर्ष पनि जोडेर अगाडि बढ्दै छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास धेरै लामो र अत्यन्तै गौरवपूर्ण रहेको छ । अब यश विषयमा केही चर्चा गरौ ः
सर्वप्रथम सन १८५७ मा अमेरिकाको न्यूयोर्कमा रहेको कपडा मिलमा काम गर्ने अमेरिकी महिलाहरुले आफूहरुलाई पनि पुरुषसरह समान श्रम र समान पारिश्रमिक ( ज्याला ) पाउनुपर्ने माग राखि इतिहासमै पहिलो पटक हड्तालमा उत्रिएका थिए ।

यो हड्ताल विश्कै पहिलो सशक्त संगठित महिला विद्रोह थियो । ठूलो संख्यामा श्रमिक महिलाहरु त्यस हड्तालमा सहभागी भएका थिए । र,  त्यही संघर्षको निरन्तरता स्वरुप सोही मिलमा तीन वर्ष पछि सन १८६० को मार्च ८ का दिन पहिलो महिला संगठन स्थापना गरेका थिए ।

यसैक्रममा २९ वर्ष पछि फ्रान्सको पेरिसमा सन १८८९ मा मार्च ८ कै दिन भएको श्रमिक महिलाहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा सर्वप्रथम महिला नेतृ क्वलारा ( डेनमार्क निवासी ) ले महिला पुरुष बीचको समानता र अधिकारबारे संवोधन गरेकि थिइन । यस्तै सन १८९७ मार्च ८ कै दिन अमेरिकाको आौद्योगिक शहर न्यूयोर्कमा नै समान ज्याला र १० घण्टाभन्दा बढी ृृृ विरोधमा जुलुस , आमसभा र हड्ताल गरेका थिए ।

यहा नेर श्रमिक महिलाहरुको इतिहासको कडी जोड्न आवश्यक छ ।

विश्व मानव समाजको विकासको एउटा कालखण्डमा मातृ सत्ता थियो , त्यस अबधिमा मानव समाजमा वर्गको उत्पत्ति भएको थिएन । वर्गविहिन समाज थियो । महिलाहरु त्यस समाजमा मालिक थिए ।महिलाहरुले घरभित्रको काम गर्ने , खाना पकाउने , बालबच्छाहरुहरु पालनपोषण गर्ने काम गर्दथिए भने पुरुषहरुले घर बाहिरको काम गर्दथिए । खानको जोरजाम गर्ने , फलफूल , कन्दमुलको खोजी गर्ने र आहारा जुटाउने काम गर्दथिए । यसरी महिला र पुरुषहरुको कार्यबिभाजन गरिन्थ्यो ।

त्यो मानव समाज वर्गविहिन समाज भएकोले मानिस मानिसका बीचमा भेदभाव थिएन । कतै झैझगडा र कलह थिएन । मानिस के महिला , के पुरुष कतै पनि भेदभाव थिएन । समानतामूलक समाज थियो । त्यस समाजलाई आदिम साम्यवादी समाज भनिन्छ ।
जब दसस्वामी समाजको उदय भएसंगै वर्गको पनि उदय भयो र मातृसत्ताको ठाउँ पितृसत्ताले थियो र पितृसत्तात्मक समाज वर्गीय समाजको पहिलो रुप थियो । त्यस पश्चात् मानव समाजमा मानिस मानिसका बीचमा विभेद पैदा भयो । निजी सम्पत्तिको उदय भयो , त्यसले , राज्यसत्ताको माग गर्यो त्यस पछि वर्गीय सत्ताको संरक्षणका लागि राज्यसत्ताको जन्म भयो । यसरी मानव समाज वर्गमा बिभाजित भए पछि वर्गीय शोषण र उत्पीडनको विकास भयो ।

त्यस पछि महिलाहरुमा एकातिर वर्गीय शोषणको शुरुवात भयो भने अर्कोतिर पुरुषहरूको बीचमा विभेद शुरु भयो । यसरी महिलाहरु वर्गीय शोषण र पुरुषबाट गरिने विभेद शोषणका कारण दुबै बिभेदकारी शोषण र उत्पीडनका शिकार बन्दै आए । आज मानव समाजले २१ आौ शताब्दीमा आइपुग्दासम्म पनि महिलाहरु दोहोरो शोषण र उत्पीडनमा जकडिरहन बाध्ये भइरहेका छन् ।

मानव समाजले वर्गीय समाजको स्वरुप लिइसिके पछि श्रम बिभाजन र निजी सम्पत्तिको थालनीसंगै क्रमशः मातृ सत्ताको पितृसत्ताको ठाउँ लियो । पितृित्ताले महिला जैजिक हिसावले कम्जोर हुने भनी व्याख्या गर्न थाल्यो ।यसका साथै महिलाहरु बौद्धिक हिसाबले कम्जोर हुन्छन् भनी महिलाहरुलाई दोस्रो दर्जामा राख्नुपर्ने भनी व्याख्या गर्न थालियो । त्यस पछि राजनीतिक अधिकारबाट पनि बञ्चित गराउन थालियो , महिलाहरुलाई आर्थिक गतिविधिमा होइन , घरलु र अनुउत्पादक ठाउँमा सिमित गराउँदै लगियो र मताधिकारबाट समेत बञ्चित गराइयो ।

समाज विकासको क्रममा जब मानव समाजले सामन्तवादी समाजमा विकास गर्यो । त्यसपछि महिलहरुलाई पुरुषको चरणको दासी, सन्तान जन्माउने मेसिनको रुपमा प्रयोग गरियो । महिलाहरुलाई सम्पत्तिको अधिकारबाट समेत बञ्चित गरियो ।

यसैक्रममा समाजमा छोरालाई बावुको शेष पछि सम्पत्तिको मालिक बन्ने प्रथाको शुरुवात गरियो भने छोरीलाई अर्काकै सम्पति , पराइको सम्पत्तिको रुपमा हेर्ने र बावुको सम्पत्तिबाट बञ्चित तुलाउँदै ल्याउने सामाजिक कुप्रथाको शुरुवात गरियो । छोरीहरुलाई सन्तान नै प्रथा सामन्तवादी राज्यव्यवस्थामा आएर गराइयो । यसरी छोरा र छोरीमा सम्पतिको अधिकारमाथि समेत विभेद गर्ने बिभेदकारी प्रथा कायम गरियो । आजसम्म पनि संसारका धेरै देशहरूमा छोरा र छोरीबीचको भेदभाव कायमै छ । छोरीलाई अंशबाट बञ्चित गर्ने कानुनी व्यवस्थाहरु कायमै छन् ।

त्यतिमात्र होइन , हिन्दु दर्शन र हिन्दु धार्मिक प्रथाृ पतिको मृत्यु संगै श्रीमतीहरु पतिको सति जाने , मृत पतिको लाससंगै श्रीमतीलाई पनि एउटै चितामा राखेर ज्यूँउदै जलाउने जस्ता महिलाहरुमाथि पुरुषले पाशविक र क्रुरुर प्रथाको स्थापना र विकास गराइयो । हिन्दु धर्म अवलम्बन गरिएका देशहरु नेपाल , भारत समेतका देशहरूमा सतिप्रथा लामो अबधिसम्म कायम रहयो । यतिसम्म कि शुरु शुरुमा बृध्दले धेरै संख्यामा वालविवाह गर्ने चलन चल्तीमा थियोे । पति मर्ने बित्तिकै लाइन लगाएर कलिला उमेरका विधुवा महिलाहरुलाई जवर्जस्ति पतिको चितामा ज्यूँउदै फंयाकिन्थ्यो र फाम फाल्न नमान्ने महिला हरुलाई लठैतहरुद्वारा लाठाले हानेर बाहिर मारेर जलिरकोो पतिको चितामा फ्याँकेर जलाईन्थ्यो भन्ने इतिहासमा पढ्न पाइन्छ । हेर्नुस् त यो प्रथा कति क्रुरुर र पशुवत थियो । महिलालाई पशुधन्दा पनि निच प्राणी बनाइएको थियोे । सैयौ वर्षसम्म नेपाली हिन्दु अधिराज्यका रुपमा कायम रहयो ।

नेपालमा महिला र पुरुषका बीचमा चरम बिभेद रहेको नकारात्मक इतिहास छ । हिन्दु धर्म , संस्कृति र प्ररथाका कारण वर्गीय शोषण र उत्पीडनका अतिरिक्त हिन्दु धर्मका आधारमा पुरुषद्वारा महिलामाथि चरम शोषण , दमन , उत्पीडन , विभेद , सम्पत्ति लगायत अन्य कानुनी अधिकारबाट बञ्चित गराइएको थियो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराका पालामा आएर कानुनी रुपमा सतिप्रथा हटाइएको घोषणा गरिएको भए पनि त्यो क्रुरुरतम व्यवस्थाको अवशेष लामो अबधिसम्म कामयै रहेको थियोे ।

अहिले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भए पनि व्यवहारमा हिन्दु धर्मको शोषण , उत्पीडन र विभेद नेपाली समाजमा व्याप्त छ । छोरीलाई छोरासरह व्यवहार गरेको पाइदैन ।

भारतमा नेपालमा भन्दा पनि बढी महिलाहरुमा हिन्दु धर्मको आधारमा विभेद गर्ने , शोषण , दमन र उत्पीडन गर्ने कुप्रथा र कुप्रचलन चर्को छ ।

मुस्लिम धर्म अवलम्बन गरएका मुस्लिम धर्मावलम्बी देशहरूमा पुरुषहरुबाट महिला रहरुमाथि सबैभन्दा बढी शोषण , दमन र उत्पीडन गरिदै आएको इतिहास छ । महिलाहरुले परपुरुषको हनुहार नै हेर्न नपाइने , हेरेमा फासीको सजाय दिन सकिने कानुनी व्यवस्था समेत गरिएको पाइन्छ । मुस्लिम देशहरूमा महिलाहरुको मुख छोप्नका लागि कालो बुर्का लगाउनु पर्ने व्यवस्था कायम गरिएको थियो । आजसम्म पनि संसारका कैयौ देशहरूमा मुस्लिम महिलाहरुले मुखमा कालो बुर्का लगाउन बाध्ये पारिएको छ । त्यहाँ अझैसम्म पनि महिलामाथिको क्रुरुरता कायमै छ । मानव मानवका बीचमा कति चर्को विभेद आजसम्म पनि कायमै छ ।

यसका अतिरिक्त संसारका धेरैदेशहरुमा भोटिङ गर्ने , अधिकार दिइएको थिइएन । आजसम्म पनि कतिपय देशहरूमा महिलाहरुलाई चुन्न र चुनिन पाउने अधिकारबाट बञ्चित गरिएको पाइन्छ ।

वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गरियो । यो कम्युनिस्ट घोषणापत्र विश्व सर्वहारा वर्ग , श्रमजीवी जनसमुदाय र उत्पीडित जनसमुदायले आफ्नो वर्षको वर्गीय मुक्तिको सिध्दान्त प्राप्त गर्यो । त्यस पछि मुक्तिको सिध्दान्तलाई पथप्रदर्शनको रुपमा लिएर सर्वहारा श्रमिक वर्ग र समुदाय संगठित भएर अगाडि बढ्ने बाटो तय गर्यो ।

विश्व सर्वहारा वर्ग तथा श्रमजीवी जनसमुदायले आफ्नो मुक्तिको सैध्दान्तिक हतियार माक्र्सवाद प्राप्त गरिसके पछि संगठित भएर संसारका विभिन्न मुलुकहरुमा मुक्तियुध्दहरु सञ्चालन गरिने क्रममा सन १८७१ मार्च १८ का दिन पेरिसका हजारौं मजदुरहरुले , पेरिसका कम्युनार्डोहरुले पेरिस जनताको साथ र समर्थनमा विश्व मै पहिलोपटक सर्वहारा वर्गले आफ्नो राज्यसत्ता कब्जा गर्यो । पेरिस कम्युनिस्ट एउटा युगान्तकारी परिघटना थियो ।

सन १८७१ मार्च १८ का दिन फ्रान्समा पेरिसका सर्वहारा वर्ग र क्रान्तिकारी जनसमुदायहले पुँजीपतिवर्गको प्रतिक्रियावादी शासनको विरुद्ध सशस्त्र विद्रोह गरे । महान् पेरिस कम्युन अस्तित्वमा आयो ।यो पुँजीपतिवर्गको तख्ता पल्टाउन र सर्वहारा वर्गको अधिनायकत्वको स्थापना गर्न सर्वहारावर्गद्वारा गरिएको विश्व – ऐतिहासिक महत्वको पहिलो परिक्षण कार्य थियो ।

त्यस ऐतिहासिक पेरिस कम्युन कब्जा गर्ने कठिन तथा गौरवपूर्ण अभियानम फ्रान्सेली तथा पेरिस हजारौं श्रमिक तथा उत्पीडित महिलाहरुको सहभागीता रहेको थियो । हजारौं महिलाहरुको सहभागीताविना पेरिस कम्युन निर्माण शायदै सम्भव थिएन नै ।
विडम्बना ७२ दिन पछि अर्थात् सन १८७१ मे २८ का दिन महान् पेरिस कम्यनमाथि भीषण प्रतिक्रान्ति भयो । थियर्सले पेरिस कम्युनको विरुद्ध प्रतिक्रान्तिकारी हमला गर्यो । थियर्सको सेना र वीर कम्युन – योध्दाहरुको माझमा संग्राम चल्यो ।पेरिस कम्युनका योध्दाहरु बढो वीरताका साथ आफ्नो रगतको अन्तिम थोपासम्म पेरिस कम्युनको सुरक्षा गर्न लडे ।

इतिहास साक्षी छ , मई २८ का दिन पेरे ला चायसे चिहानका पर्खालहरुको सामु कम्युनका अन्तिम योध्दाहरु लड्दै मरे । कम्युनका बहादुर योध्दाहरुले , पेरिसका सुपुत्र सुपुत्रीहरुले शत्रुका सामु कहिल्यै शिर झुकाएनन् , तर “ पेरिस कम्युन अमर रहोस् ।“ को नारा गुन्जाउँदै र बन्दुक हातमा लिई लड्दै वीरगति प्राप्त गरे ।

त्यसमा हजारौं पेरिसका महिलाहरुले जीवन उत्सर्ग गरेर विश्व सर्वहारा क्रान्तिका लागि महिलाहरुले पनि आफ्नो अमूल्य जीवन अर्पण गर्ने एक ऐतिहासिक एवम् वीरतापूर्ण तथा वीरताको गौरव गाथा कोर्ने महान् विश्व अभियानको शुरुवात पेरिसका महान् तथा वीर वीरंगानाहरुले जग हालिदिएका थिए ।

त्यसपछि सन १९१७ अक्टोबर २५ का दिन रसियाली कम्युनिस्ट पार्टी ( बोल्सेविक ) को योजना र तयारीमा र महान् लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । महान् अक्टोबर क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक परिघटना थियोे , जसले नयाँ संसार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

महान् रुसी अक्टोबर क्रान्ति हजारौं , लाखौं रुसी मजदुर क्रान्तिकारी महिलाहरुको सहभागीता रहेको थियो । यतिसम्म कि जर्मन नागरिक रोजा लग्जमवर्गले समेत महान् अक्टोबर क्रान्तिमा अतुलनीय योगदान गर्नु भएको थियोे ।

त्यस्तै महान् चिनियाँ नयाँ जनवादी क्रान्तिमा हजारौं चिनियाँ युवा महिलाहरु चिनियाँ लाल सेनामा लामबध्द भएर चिनियाँ जन मुक्ति युध्द र चिनियाँ राष्ट्रिय मुक्ति युध्दमा होमिएर महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् तथा कठिन एवम् गौरवपूर्ण इतिहास निर्माण गर्न चिनियाँ महिला मजदुर , लाखौं महिला किसानहरुको वीरतापूर्ण सहयोग र समर्थनमा चिनियाँ क्रान्ति सम्पन्न भएको थियोे । चिनियाँ महिलाहरुको सहभागीताविना महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्भव थिएन  ।

सन १९६६ देखि १९७६ सम्म कमरेड माओको नेतृत्वमा सञ्चालन गरिएको महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिमा लाखौं चिनियाँ महिलाहरुको अतुलनीय योगदान रहेको थियो । उत्तर कोरियाको मुक्ति संग्राम र कोरियान युध्दमा महान् कोरियान वीर वीरंगानाहरुले रगतको खोलो बगाएर कोरियालाई मुक्त तुल्याएका थिए ।

भियतनामीी क्रान्तिमा , भियतनामी राष्ट्रिय मुक्ति युध्दमा महान् तथा भियतनामी महिलाहरु , वीर वीरंगानाहरुले अतुलनीय योगदान पुर्याएका थिए ।

त्यस्तै कम्वोडिया , क्युवा आदि देशहरूमा भएका क्रान्तिहरुमा अतुलनीय योगदान पुर्याएको गौरवपूर्ण इतिहास कामय गरेका छन् विश्व भरका श्रमजीवी तथा क्रान्तिकारी महिला जनसमुदायहरुले।

यस अतिरिक्त पेरुमा सञ्चालन गरिएको महान् पेरुभियाली सशस्त्र जनयुद्धमा पेरुका हजारौं क्रान्तिकारी महिलाहरुले अतुलनीय योगदान गरेका थिए । महिलाहरु सहभागी नभएको भए पेरुको सशस्त्र जनयुद्धले त्यस प्रकारको गौरवपूर्ण इतिहास निर्माण गर्न सम्भव थिएन ।
साथै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा २०५२ साल फागुन १ गतेदेखि सञ्चालन गरिएको महान् दस वर्षे जनयुद्धको प्रक्रियामा पनि हजारौं महिलाहरुको सहभागीता रहेको थियोे । विशेषतः ग्रामीण इलाकाहरु किसान हजारौं महिलाहरु नेपाली जनयुद्धमा सरिक भएका थिए ।

ठूलो संख्यामा महिलाहरु जन मुक्ति सेनामा लामबध्द भएका थिए र दशौ हजारमा साहदत प्राप्त गर्ने , घाइते – अपांग तथा विपत्ता पारिएकाहरुमा हजारौंको संख्यामा महिलाहरु नै रहेका छन् । नेपाली महिलाहरुको सहभागीताविना महान् नेपाली जनयुद्धले त्यस प्रकारको विरासत प्राप्त गर्न सम्भव थिएन ।

त्यस्तै नेपालमा विभिन्न समयमा सञ्चालन गरिएका जनसंघर्ष , जनआन्दोलन , मधेस आन्दोलन आदि संघर्षहरुमा पनि नेपाली महिलाहरुले ठूलो योगदान पुर्याएका छन् ।

यसरी महिलाहरुको सहभागीताविना नयाँ संसारको रचना गर्न सम्भव छैन भन्ने कुरा विगतमा सम्पन्न गरिएका पेरिस कम्युनको निर्माण , महान् अक्टोबर क्रान्ति , महान् चिनियाँ क्रान्ति , भियतनाम , कोरिया , कम्वोडिया , क्युवा लगायत संसारका विभिन्न मुक्ति युध्द र सामाजिक क्रान्ति र समाज रुपान्तरणमा महिलाहरुको सहभागीता विना सम्भव हुदैन भन्ने पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनकोबारेमा केही चर्चा गर्न आवश्यक छ ।

जस्तो सन १९०८ मा तत्कालीन रुसमा गास, वास र कपासको नारा थपेर आन्दोलनको शुरुवात भयो । त्यसरी नै अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको रुप ठूलो बन्दै गयो । अन्ततः सन १९११ मा क्लारा जेट्किन , रोजा लग्जमवर्ग समेतको अगुवाइमा कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो सम्मेलनमा १७ देशका १०० भन्दाबढी श्रमिक महिलाहरु सहभागी रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको वीरताको गौरवगाथा निर्माण गर्ने क्रममा महिला वीर वीरंगनाहरुले जीवन उत्सर्ग गरेको इतिहास छ । जस्तो कि सन १९३० मा कमरेड माओकि जीवनसंगिनी याङ काई हुईलाई चीनको प्रतिक्रियावादी च्याङकाइसेकको सरकारले बेइजिङ जेलबाट बाहिर निकालेर गोली हानेर हत्या गरेको थियोे ।

जर्मन नागरिक भएर रुसमा गरएर बोल्सेविक पार्टीमा संगठित भएर महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याउनु भएको पोलिसी माक्र्सवादी, दार्शनिक,  अर्थशास्त्री, जर्मन , पोल्यान्ड तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनकि एक जना प्रशिध्द कार्यकर्ता ,दोस्रो इन्टरनेशनलको वामपन्थी गुटकी एक जना नेतृ जर्मन कम्युनिस्ट पार्टीकि एक जना संस्थापिका रोजा लग्जमवर्गलाई जर्मनी प्रतिक्रियावादी सत्ताले सन १९१९ जनवरी १५ का दिन हत्या गरेको थियो । यसरी रोज , याङ काई हुई जस्ता वीरंगानाका हत्याले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनलाई गौरवशाली तुल्याउने काम गरेको छ , आन्दोलनलाई समृद्धशाली तुल्याएको छ ।

नेपालमा सन १९७५ देखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएको इतिहास छ । नेपालको अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास धेरै गौरवपूर्ण रहेको छ । साधना प्रधान , साहना प्रधान , मोती देवी श्रेष्ठबाट बीस २००६ सालदेखि शुरु गरिएको अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा माथि पनि उल्लेख गरिएको छ कि नेपाली समाजको आमूल परिवर्तनका लागि , वर्गविहिन समानतामूलक नेपाली समाज निर्माणका खातिर नेपाली आमाका हजारौं असल तथा आँटी छोरीहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेर क्रान्तिकारी महिला आन्दोलनलाई समृद्ध तुल्याएका छन् । संघर्षविना आन्दोलन स्थापित बनाउछ भन्ने पुष्टि नेपाली क्रान्तिकारी महिलाहरुको संघर्षशील जीवनले गरेको छ ।

क्रान्तिकारी नेपाली महिलाहरुले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएका छन् र यश वर्ष पनि क्रान्तिकारी महिला संगठनहरुले १११ आौ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् ।
बीशौ शताब्दीको पहिलो दशकदेखि यता अन्तर्राष्ट्रिय जगतमा संसदीय व्यवस्था भएका देशहरु , भारत , बंगलादेश , श्रीलंका , पाकिस्तान , ब्राजिल जस्ता दृशहरुमा महिला प्रधानमन्त्री , राष्ट्रपति निर्वाचित भएर मुलुकको शासन प्रशासन चलाइएको इतिहास छ ।

नेपालमा पनि महिला प्रधान न्यायाधीश बनेको , सभामुख पनि महिला भएको र राष्ट्रपति पनि महिला भइन् । तर यही अबधिमा इतिहासमै निर्मला पन्त , लक्ष्मी विक लगायत दर्जनौं नाबालिकाहरु बलत्कार पछि हत्या गरिए । राज्यको तर्फबाट बलत्कारी तथा हत्याराहरुलाई कडा भन्दा कडा सजाय दिनुका सट्टा उल्टै अपराधीहरुलाई सरकारले संरक्षण गर्यो । महिला शासकहरु ती कलिला चेलीहरुको न्यायको पक्षमा एक शब्द “ चू“ सम्म पनि गर्न सकेनन् । किनभने बुर्जुवाहरुको सरकार प्रमुखहरुले , दलाल तथा हत्यरा तथा बलत्कारीहरुको सरकारका प्रमुखहरुले एक शब्द पनि बोल्नने त के “ आँ “ सम्म पनि गर्न सकेनन् ।

आज फिनल्यान्डमा सबैभन्दा कम उमेर कि महिला प्रधानमन्त्री बनेकी छिन् । तर उनले पनि महिला हक अधिकारका कुरा गर्न सक्तैनिन् , किनभने त्यो सरकार जनता होइन , बुर्जुवाहरुको हो , प्रतिक्रियावादीहरुको हो ।
त्यस्तै भारत , बंगलादेश , श्रीलंका , पाकिस्तान आदि देशहरूमा महिलाहरु प्रधानमन्त्री भए , राष्टटपति बने , तर आधारभूत महिलाहरुका समस्याहरुका बारेमा एक शब्द पनि बोलेनन् । किनभने उनीहरू श्रमिक महिलाहरुका प्रतिनिधिहरु थिएनन् , उनीहरू दलालहरुका , माफियाहरु , विचौलियाहरुका , सामन्तहरुका र समग्रमा जनविरोधी तथा प्रतिक्रियावादीहरुका प्रतिनिधिहरु भएकोले केही पनि गर्न सकेनन् । त्यसो भएर महिलाहरु सत्तामा पुग्दैमा आधारभूत जनताका , श्रमिक महिलाहरुका समस्याहरु हल हुदैनन् ।

राजनीति वर्गीय हुन्छ । कुन वर्गको व्यक्ति सत्तामा पुगेको छ भन्ने कुरा आउँछ , प्रतिक्रियावादी वर्ग सत्तामा पुगेको बेला महिला होस् वा पुरुष उसले जनताका समस्याहरु गर्न सक्तैन । यसको निम्ति सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले अर्थात् सर्वहारा वर्गले सत्ता आफ्नो हातमा ल्याउनुपर्ने हुन्छ ।

नेपाल आजसम्म पनि अर्ध सामन्ती र नवआौपनिवेशिक अवस्थामा छ । यहीँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ पुँजीवादी क्रान्ति हो । त्यस पछि वैज्ञानिक समाजवादमा पुग्ने बाटो तय हुनेछ । अर्थात् नयाँ जनवादी क्रान्तिले वैज्ञानिक समाजवादमा संक्रमण गर्ने पुलको काम गर्ने छ ।

हाम्रो देश नेपालमा जब नेपाली समाज नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादी राज्यव्यस्थामा पुग्नेछ , त्यस पछ मात्र श्रमिक महिलाहरुले उठाउँदै आएका जायज मागहरु पुरा हुनेछन् । नेपाली जनता नेपाल राष्ट्रका वास्तविक मालिक बन्नेछन् , तब।मात्र श्रमिक महिलाहरुले मुक्ति पाउनेछन् । त्यसैले के कुरा बुझ्न जरुरी छ भने महिला मुक्ति आन्दोलन नयाँ जनवादी क्रान्तिको , वैज्ञानिक समाजवादी क्रान्तिको एक अंग हो । लेनिनले भन्नू भए झै विशाफ संख्यामा महिलाहरु सहभागी नभई महान् नेपाली नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्ति आफ्नो लक्ष्यमा पुग्न असम्भव छ । महिलाहरुको सहभागीताविना।विश्वको परिवर्तन सम्भव छैन । त्यसो भएर सम्पूर्ण श्रमिक तथा उत्पीडित र क्रान्तिकारी महिलाहरु महाज् नयाँ नेपाली जनवादी क्रान्तिमा लामबधद हुनुको विकल्प छैन ।

आजको साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीचको भीषण संघर्षको युगमा अन्तर्राष्ट्रिय रुपमा अन्तर्राष्ट्रिय श्रमिक त उत्पीडित महिलाहरु पनि माक्र्सवाद – लेनिनवाद – माओवादको आलोकमा विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प छैन । यसैमा नै १११ आौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता हुनेछ ।

मिति:  ८ मार्च २०२१

( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।



You might also like
Loading...