कर्मचारीको अन्दोलनले संकटमा जानकी मेडिकल कलेज


जनकपुरधाम— २०५६ सालमा धनुषाको रमदैयालाई मेडिकल हब बनाउने बहस शुरू भयो ।कलेजका संस्थापक अध्यक्ष डा. रामानन्द सिन्हाले किसानसँग जमिन दिन आग्रह गरे ।



किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचे । जमिन बच्ने किसानले परिवारका एक जनालाई जागिर दिनुपर्ने शर्त राखे । शर्त स्वीकार गरेर कलेजका संस्थापकले सस्तोमा जमिन किने ।त्यो शर्तले कलेजलाई अहिले धराशायी बनाएको व्यवस्थापक पक्षको गुनासो छ । कर्मचारी पक्षले चाहिँ धराशायी हुनमा कलेज व्यवस्थापकमाथि आरोप लगाउने गरेको छ ।




व्यवस्थापकले कुशलतापूर्वक काम गर्न नसकेको कर्मचारीहरूको आरोप छ । अहिले कलेज र अस्पतालमा कार्यरत करिब एक सय कर्मचारी आन्दोलनमा छन् ।

डेढ महिनादेखि अनशन

कलेजका कर्मचारीहरू संघर्ष समिति गठन गरेर कलेज व्यवस्थापनविरुद्ध आन्दोलनमा छन् । पारिश्रमिक र शर्तअनुसार सेवा सुविधा नदिएको कर्मचरीहरूको आरोप छ ।‘जानकी मेडिकल कलेज कर्मचारी संघर्ष समिति’ ले दोस्रो चरणमा अनशन सुरु गरेको आइतबार ४८ दिन पुगेको छ ।



सम्बन्धित
Loading...