एसिड पीडित आरती साहलाई प्रदेश २ सरकारले गर्यो सम्मान
प्रदेश २ को सरकारले एसिड पीडित आरती साहलाई सम्मान गरेको छ।
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच एसिड पीडित साहलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। आरती साहमाथि उनकै श्रीमानले लक्ष्मीपूजाको दिन ससुरालीमा गएर एसिड प्रहार गरेका थिए।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित ससुरालीमा गएर श्रीमानले एसिड प्रहार गरेका थिए। प्रहरीले एसिड प्रहार गर्ने आरतीकी श्रीमान र एसिड व्यापारीलाई पक्राउ गरेका गरिसकेको छ। हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ।
