भारतीय दूतावासका उपप्रमुखबाट सहकारी प्रवद्र्धन केन्द्रको नयाँ भवन उद्घाटन

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा निर्मित ललितपुरको सहकारी प्रवद्र्घन केन्द्रको भवन उद्घाटन भएको छ । भवनको एक कार्यक्रमकाबीच भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले गरेकी छन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वअर्थमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिको उपस्थिति थियो३ करोड ५० लाख रुपैयाँ भारत सरकारको आर्थिक सहयोगमा तीन तले भवन निर्माण गरिएको केन्द्रले जनाएको छ ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खुला बजारका लागि प्रयोग गरिनेछ । दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ । यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।

सम्बन्धित
Loading...