हुण्डीमा संलग्न एक पक्राउ, ट्रेडर्सका सञ्चालक फरार
पर्सा । विरगञ्ज महानगरपालिका वडा नं ६ को जय माँ अम्मे ट्रेडर्सका कर्मचारी पक्राउ परेका छन् । अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा जयराम राउत कुर्मी पक्राउ परेका हुन ।
कुर्मीको साथबाट स्रोत नखुलेको सात लाख पत्तहतर हजार भारतीय रुपैयाँ सात हजार चार सय, रामप्रसाद पटेको नाममा काटिएको पाँच लाख साठ्ठी हजार रुपैयाँको चेक, दुई लाख नगद बरामद प्रहरीले गरेको छ । बैंक तथा वित्तीय संस्था ऐन उलघन गरेकाले बैंकिंग कसुर अन्तरगत कारबाही गर्ने प्रहरीले जनाएको छ । टेडर्सका सञ्चालक भने फरार रहेका छने ।
