हत्या घटनामा एमालेका स्थानीय नेता पक्राउ


२६ फागुन, विराटनगर । प्रहरीले शङ्कास्पद मृत्युको अनुसन्धानका लागि मोरङमा नेकपा एमालेका स्थानीय नेतालाई पक्राउ गरेको छ ।पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्युबारे अनुसन्धानका लागि एमालेका स्थानीय नेता युवराज बास्कोटालाई पक्राउ गरेको हो ।



पथरीशनिश्चरे– २ का बास्कोटाको घरमा पाहुना गएका विद्यार्थी नेता भण्डारी गत पुस १४ गते मृत अवस्थामा भेटिएका थिए । भण्डारी बाल क्लबका अगुवा पनि हुन् । बास्कोटाको घरको कोठामा मृत भेटिएका भण्डारीको हत्या भएको आफन्तले दावी गरेका छन् । आफन्तले पुस २६ गते हत्याको दाबीसहित इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका थिए ।




प्रहरीले केही दिन अनुसन्धान गरी बास्कोटालाई छाडेको थियो । सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पथरीमा आयोजना गरिएको कार्यक्रममा अतिथि बनेर पुगेका बास्कोटालाई स्थानीय केही महिलाले हत्यारा भन्दै कुटपिट गरेका थिए । आफ्ना नेतामाथि दुव्र्यवहार गरेको भन्दै एमाले पथरीशनिश्चरे समितिले विज्ञप्ति जारी गर्दै आपत्ति पनि जनाएको छ ।



सम्बन्धित
Loading...