माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट


२६ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् ।



बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए ।पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । समर्थन फिर्ता लियो भनेपनि पार्टी (माओवादी केन्द्रमा) मा फर्किने सम्भावना मैले देख्दिन ।’




२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भट्ट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि हाल सरकारमा रहेका माअ‍ोवादी केन्द्रका नेताहरु के गर्छन् भन्ने चासो छ ।

सांसद पद गए पनि एमाले नछोड्ने ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने÷नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ ? सोचेर निष्कर्ष निकाल्छौं ।’आफूहरु एकता पक्षधर रहेको भन्दै उनले फेरि पनि एमाले र माओवादीबीच एकताको सम्भावनाका बारेमा समेत छलफल भइरहेको बताए ।



सम्बन्धित
Loading...