लाजिम्पाटबाट चितुवाको छालासहित दुई पक्राउ


लाजिम्पाटबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट एक थान चितुवाको छालासहित मंगलबार पक्राउ गरेको हो।



पक्राउ पर्नेमा बाग्लुङ निसी खोला गाउँपालिका-३ जिवाखोला घर भई मनमैजु बस्ने २२ वर्षीय सन्तोष बुढामगर र मोरङ डाँगिआठ गाउँपालिका-३ माझीगाउँ घर भई लैनचौर बस्ने २८ वर्षीय रञ्जित माझी छन्।




चितुवाको छालाको अवैध बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनामा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला वन डिभिजन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।



सम्बन्धित
Loading...