महिलाहरूलाई सिलाईकटाई तालिम


कृषला सापकोटा-
पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले महिलाहरुलाई सीप सिकाई आर्थिक आयआर्जन बृद्धिमा आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम संचालन गरेको छ ।
देवचुली नगरपालिका वडा नं ५ को आर्थिक सहयोग र भुमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा सिलाई कटाई तालिम संचालन गरिएको हाे।
४५ दिने सिलाई कटाई तालिममा महिला दिदीबहिनीहरुले १६ वटा विभिन्न आईटमहरु सिकेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका देवचुली वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले सीप सिकेका महिलाहरुलाई आफूले सिकेको सिपलाई व्यवसायीकरण गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले आगामी बर्षमा पनि महिलाहरुको लागि विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा भूमिका टेक्निकल सर्भिस प्रालिका प्रबन्धक विवेक अधिकारीले अन्य ठाउँमा प्राविधिक सहयोगको भूमिका निर्वाह गर्ने क्रममा धेरै चुनौतीहरु भोगेको तर यस क्षेत्रका महिलादिदीबहिनीहरु निकै अनुशासित र मेहेनती देख्दा खुसी लागेको बताउनुभएको थियाे।


सम्बन्धित
Loading...