गगन थापा, राजेश हमाल, मनिषा कोइराला, जीवा लामिछाने, डा. बाबुराम भटराई र रवि लामिछाने एकै ठाउँमा

नवलपुरको हर्कपुरमा साहित्यकार र लेखकको जमघट



नवलपुर । पुर्वी नवलपरासीको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ र २९ गते नेपालका मुर्धन्य साहित्कार र लेखको जमघट हुने छ ।



फाइन प्रिन्ट फिभरका अवसरमा फाइन प्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चा परिचर्चा गर्नु नै हुनेछ, संगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नुहुनेछ ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ । र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन् । यो कार्यक्रमले पाठक एवम्लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी ग्रुपको सामाजिक उत्तरदायित्व क्षेत्रमा काम गर्ने चौधरी फाउन्डेसन सँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्ने छैन ।




सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनीषा कोइराला र पत्रकार रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा देश जगत शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काँग्रेस नेता गगन थापाले संवाद गर्ने छन् ।

यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले बाच्ने अभिलाषा बारे संवाद गर्नेछन् । ।राजनीतिसँगै राजकाज पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नेछन् । उक्त अवसरमा मिश्रको पुस्तक राजनीतिसँगै राजकाज विमोचन गर्ने कार्यक्रम पनि छ ।

पुजंीवाद र स्वतन्त्र समाज नामक सेसनमा मुराहरी पराजुलीसँग विद्या लक्ष्मी महर्जनले वार्ता गर्नेछिन् । दुई दिने यो कार्यक्रममा देशभरीका सैयौ श्रष्टा उपस्थित हुने भएका छन ।
कलाकार, पत्रकार, लेखक, साहित्यकार, र बिभिन्न बिधाका श्रष्टाहरुको यहाँ जमघट हुने छ ।

https://www.youtube.com/watch?v=P9_Qa5kSdGg

पुर्वी नवलपरासीको हर्कपुर स्थित चौधरी ग्रुपको कला गाँउ (सिजी उन्नती कल्चरल भिलेज) महोत्सवमा लेखकसंग अन्तरकृया, साहित्यिक चर्चा, कबिता वाचन, चित्रकला प्रर्दशन, पेन्टिंग प्रर्दशनी हुने भएको छ ।
कार्यक्रममा सहभागिता जनाउन चौधरी फाउण्डेशनले सवैलाई आमन्त्रण गरेको छ । साहित्यकार , लेखक ,कलाकार , चित्रकार र को एउटै थलोमा जमघट हुन लागेको यो सम्भवत नेपालमै पहिलो हो । यस पटकको यो जमघटलाई महोत्सवको रुपमा मनाइने भएको हो ।

हर्कपुर अब कला गांउले चिनिने

गैडाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको हर्कपुर गाउ अब चौधरी ग्रुपले खोलेको कला गाउ का नामले परिचित हुने भएको छ ।
महेन्द्रराजमार्गसंग जोडिएको करिब ६ बिगाह क्षेत्रफलमा रहेको कला गाउमा मनमोहक बगैचा रहेको छ । बगैचा भित्र थारु संस्कृतिले भरीएका कला कृति रहेको छ ।
त्यहा अत्याधुनिक र आर्कषक कलात्मक ब्लकका घरहरु बनाइएको छ ।
लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, मुर्तिकार र अन्य बिधाका ब्यक्ति रमाउन सक्ने फरक संसारको निर्माण आफैमा आर्कषक र भब्य छ ।
त्यहा सर्बसाधारणका लागि कलात्मक शैलीको आबास समेत रहेको छ । हर्कपुर अब कला गाउका नामले चिनिने छ ।



सम्बन्धित
Loading...