टाउको नभएको शव भेटियाे


बारामा एउटा शव भेटिएको छ । जिल्लाको जितपुर सिमरा १० मा टाउको नभएको शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन् ।



प्रहरीका अनुसार स्थानीय एक व्यक्ति १५ दिनदेखि बेपत्ता थिए । तर शवको उनको होकी होइन भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन् । तालिम प्राप्त कुकुर घटनास्थलमा ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...