विप्लवका नेता माइला लामा अझै छुटेनन्


सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ता गरी कार्यकर्ता रिहाइ गर्ने सहमती गरे पनि विप्लवका केन्द्रीय सदस्य अझै रिहा भएका छैनन् । खाँदबारी कारागारमा कैद जीवन भोग्दै आएका लामा अझै रिहाइ भएका छैनन् ।



 

संखुवासभा प्रशासनले भने माथिबाट छाड्न आदेश नआएकाले छाड्न नसकेको जनाएको छ । तर सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।




केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जेल जीवन विताउदै आएका छन् । खाँदबारी कारागारमा लामा सहित सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता जेल भित्रै रहेका छन् । विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए ।



सम्बन्धित
Loading...