देवचुली नगरपालिका परिसरमा देवचुली पर्वतको प्रतिमा बन्ने


देवचुली-



पुर्वी नवलपरासी देवचुली नगरपालिको प्राङ्गणमा देवचुली पर्वतको आकर्षक प्रतिमा बन्ने भएको छ । महाभारत पर्वत श्रीङ्खलाको सबै भन्दा अग्लो स्थानमा रहेको देवचुली पर्वत नवलपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको सम्भावना बोकेको स्थान हो।

सोही क्षेत्रको प्रचारप्रसार र देवचुली नगरपालिका भ्रमण गर्नेहरुलाई जानकारी प्राप्त गर्न सहज होस भनेर प्रतिमा बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।




उक्त प्रतिमा निर्माणको लागी नगरपालिका परिसरमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अगाडी रहेको पुरानो २ तले भवन भत्काइएको हो । पर्वतको प्रतिमा बनेसंगै प्रतिमाको दुवै भागमा पक्कि सडक बनाइने छ ।

पक्कि सडक बनेपछी नगरपालिका भित्र जान र आउनलाई सहज हुनेछ। नगरपालिकाले यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि योजना बनाइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउए ।

अधिकृत सिग्देलका अनुसार प्रतिमा निर्माणसंगै अहिले रहेको मूल गेटलाई अहिलेको ठाउँदेखि २ मिटर भित्र सारिने भएको छ । सडक संग जोडिएको गेटको कारण विगतमा धेरै साना ठुला दुर्घटनाका घटना घटेका र आगामी दिनमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाको उक्त गेट सार्न लागिएको हो ।

प्रतिमा र गेट निर्माणका लागि देवचुली नगरपालिकाले १० लाख बिनियोजन गरे पनि पर्याप्त नहुने सिग्देलको भनाई छ। यसै आर्थिक बर्षमा सो काम सम्पन्न गरि आगामी बर्षमा थप पुर्वाधार निर्माण गर्दै जाने नगरपालिकाको लक्ष्य रहेको छ ।



सम्बन्धित
Loading...