बालुवाटारमा केको बैठक बसेको हो, हामीलाई थाहै छैन: युवराज ज्ञवाली
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई जानकारी नै नदिई उक्त पक्षका नेताहरूको जिम्मेवारी खोसेको छ।
पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य बनाउनेलगायतका निर्णय गरेको शुक्रबार बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए।
‘उहाँहरूले के-को बैठक गर्नुभएको हो। हामीलाई जानकारी दिइएको थिएन,’ ज्ञवालीले भने,‘के-के निर्णय गर्नुभयो रे भन्ने मिडियाबाट सुनेको छु। साथीहरूसँग सल्लाह नगरी अहिले केही भन्न सक्ने अवस्थामा छैन।’
बालुवाटारको बैठकले कर्णाली प्रदेशका इन्चार्ज रहेका ज्ञवालीको पनि जिम्मेवारी खोसेको छ।सर्वोच्च अदालतको पुस २३ गतेको फैसलाले पहिला खारेज भइसकेका नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो।
