१३ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको फाइनल खेल शुरु – फोटो फिचर
नवलपरासी, २८ फागुन । पूर्वी नवलपरासीमा शुक्रबारदेखि १३ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको फाइलन खेलहरु शुरु भएको छ ।
कावासोती १४ त्रिभुवनटारमा रहेको जनता माविमा शुरु भएको प्रतियोगिताको संघीय सांसद तिलक महतले खेलप्रशिक्षक सेतमान पुनलाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाबाट पालिकास्तरको छनौट खेलबाट विजेता र उपविजेता बनेकाहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य विष्णु लामिछाने, शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्णचन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, खेलाडी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।




















