चाडै कांग्रेस नेतृत्वमा नया सरकार: गगन थापा
नारायण शर्मा – नवलपरासी –
नेपाली कांग्रेसका प्रभावशालि नेता गगनथापाले कांग्रेस, माओवादी र जनता समाजवादीपार्टिको सरकार चाडै बन्ने बताएका छन ।
त्यस्तो संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले ठोकुवा गरे । यो बेला देशलाई ओलीकरणवाट जोगाउने हो । कांग्रेस पार्टि भित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने बेला होइन । प्रधानमन्त्री हाम्रा सभापति देउवा नै हो त्यसमा बिबादै गर्न हुन्न र बिवाद छदैछैन उनले भने ।
प्रधानमन्त्री केपीलाई फाल्न जति ढिला गरयो त्यति देशमा संकट गहिरीदैजाने भएकाले ओलीलाई सत्तावाट फालिहाल्न पर्ने बताए । ओली फाल्न तिन दलबिच सहमती भैसकेको उनले दावी गरे ।
पुर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले संचालनमा ल्याएको उन्नती कल्चरल भिजेजको शनिवार निरिक्षणपछि संचारकर्मी संग कुरा गगनथापाले उक्त कुरा बताएका हुन ।
ओलीले अख्तियार र संबैधानिक अंगहरु ध्वस्त पारेका छन देशलाई ओलीकरणवाट जोगाउनकालागि उनलाई फाल्न एक दिनपनि ढिला गर्न नहुनेमा सत्तासाझेदारीको नजिक पुगेका तिनवटै दल एक भएको उनले बताए ।
ओलीमा बदनियतै बदनियत छ ४० वर्ष एउटै पार्टिमा संघर्ष गरेका आफनै साथि सिध्याउन अख्तियार सहित संबैधानिक अंग परिचालन गरेर ठेगान लगाउने मान्छेवाट देश जोगाउन पर्ने छ । ओलीले अख्तियार , अदालत र संबैधानिक अंगहरु ध्वस्त पारेर देश ओलीकरण गरिसकेकाले उनीवाट देश जोगाउने जिम्मेवारी कांग्रेसको कांधमा आएको उनले सुनाए ।
अब सत्ता साझेदारीमा जाने तिन वटै दलमा( कांग्रेस,माओवादी र जसपा) ओलीवाट ध्वस्त भैसकेको देश जोगाउने जिम्मेवारी आएको थापाले सुनाए ।
पार्टि झगडा मिलाउन नसकेर संसद बिघटन गरे , आफनै साथि तहलगाउन संबैधानिक अंगको चरम दुरुपयोग गरे यस्तो अबस्थामा कांग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन थापाले भने ओलीले दुर्घटनाको डिलमा लगेको देश जोगाउन पनि कांग्रेसको नेतृत्व आबस्यक रहेको सुनाए ।
ओलीको ३ वर्षे शासनकालमा संसदिय ब्यबस्था ध्वस्तपार्ने , संबैधानिक अंग पंगु बनाउने बाहेक कुनै काम नभएको उनले जिकिर गरे । देशलाई ट्याकमा ल्याउन अब तिनदल अघि बढीसकेको र चाडै कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले दावी गरे । देश भडखलामा हाल्ने बाहेक कुनै काम ओलीले गर्न सकेनन कांग्रेसका प्रभावशालि नेता थापाले भने ओलीकरण र देश बिघटनवाट जोगाउने बेलामा कांग्रेस सत्ता बाहिर रहन नहुने निर्णय केन्द्रिय पदाधिकारीको बैठकले गरीसकेको अबस्थामा पार्टी सभापति देउवा नै प्रधानमन्त्री हुने र त्यसमा सबैको सहमती रहेको दावी गरे । उनले ओलीले संसदिय पद्धती नै ध्वस्तपार्न उद्धत रहेको जिकिर गरे ।
कल्चरल भिलेज देशकै गौरब
पुर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले बनाएको सिजी उन्नती कल्चरल भिलेज देशकै गौरब भएको बताए । उनले निजि क्षेत्रले कलाकार ,साहित्यकार,लेखक, कबि, मुर्तिकार ,चित्रकार समेत रमाउने गरि कल्चर भिलेजको निर्माण गरेर श्रष्टालाई गुन लगाएको सुनाए । उनले हर्कपुरको यो कला गाउ ( कल्चरल भिलेज ) वाट देशले सिक्न पर्ने पनि सुनाए । यस्तो स्थल र कला केन्द्रको कल्पना गरेर यति मनमोहक स्थल बनाएको भन्दै उनले बिनोद चौधरीको खुलेर प्रशंसा गरे । देशको अबस्था कस्तो भनेर थाहापाउन त्यहाका कलाकार र श्रष्टालाई हेर्न पर्ने बताए । यो कल्चर भिजेल सबैले पटक पटक हेरुन सिकुन थापाले भने यो देशकै गौरब हो ।