नेपाल मगर संघ बुलिङटारको अध्यक्षमा पाटा मगर


  • शारदा झेडी मगर  –



नवलपुर । नेपाल मगर संघ बुलिङटार गाउपालिकाको दोस्रो अधिबेशनले नारायण पाटामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन गरेको हो ।

जसको उपाध्यक्षमा नवलसिह चुनीमगर र ओमप्रकाश सिंजाली मगर, सचिवमा कुमार लुगेलीमगर, सहसचिवमा पदम पुलामीमगर, कोषाध्यक्षमा यमुना बिर्कट्टा मगर लगायत अन्य सदस्यहरु चयन भएका छन् ।




कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले समग्र मगरको हितका लागि सामाजिक, आर्थिक र राजनैतिक तवरबाट अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

राजनैतिक चेतनाबाट माथी उठ्न सकेमात्र आफ्नो अधिकारको संरक्षण गर्न सकिने भन्दै २०७८ सालको जनगणनामा सम्पुर्ण मगर समुदायका ब्याक्तीहरुले आफ्नो थरको पछाडी मगर जाती अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बताएका छन् ।

रुद्रबहादुर आलेमगरको अध्यक्षतामा भएको अधिबेशनमा नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष ईन्द्र फाल मगर, वरिष्ठ उपाध्यक्ष मेख बहादुर सारु, जिल्ला सचिव भुम राईमगर, कोषाध्यक्ष निरमाया सारु, बेलबहादुर सारु, हाईमाया राना, यम आले लगायतको सहभागिता रहेको थियो ।

तिलक बिर्कट्टाले संचालनमा भएको कार्यक्रममा खिमबहादुर गेलाङले स्वागत मन्तब्य राखेका थिए ।
यसैगरी अधिबेशनमा सेतीनाग माबिका प्रध्यानाध्यापक खिम बहादुर शुस्लीङ मगर निर्वाचन मण्डलको संयोजकमा रहेका थिए भने सदस्यहरुमा चन्द लम्कानमगर र होमबहादुर सारु मगर रेका थिए ।

अव तत्काल बौदिकाली र देवचुली गाउपालिकाको अधिबेशन पश्चात् चैत २१ र २२ गते मगरसंघको जिल्ला अधिबेशन कावासोतीमा हुने जिल्ला अध्यक्ष ईन्द्र फाल मगरले जानकारी दिए ।

 



सम्बन्धित
Loading...