कावासोतीमा मेयरकप फुटबल शुरु




कावासोती । कावासोती नगरपालिकाको आयोजनामा आजदेखि मेयर कप फुटबल प्रतियोतिा संचालन भएको छ ।

कावासोती–५ मा रहेको नमुना खेल मैदानमा खेल संचालन भएको छ । मेयर कप फुटबल प्रतियोतिको संघीय सासद तिलक महतले उद्घाटन गरे ।




कावासोती नगरपालिका भित्रका १७ बटै बडाको सहभागीता रहेको उक्त खेल नक आउटको आधारमा खेल संचालन गरिएको नमुना युवा क्लवका अध्यक्ष प्रेम थापाले जानकारी गराए ।

आजको उद्घाटन खेलमा कावासोती नगरपालिका वडा नं. २ र १० को बीच भएको छ ।

खेलको २ मिनेटमा वडा नं. २ का खेलाडी भागीरथ घिमिरेले पहिलो गोल गरेका थिए भने, खेलका ८ मिनेटमा वडा नं. २ कै जर्सी नं. ८ का सरोज कानुङ खेलाडीले दोस्रो गोल गरेका थिए ।

त्यस्तै खेलको ६३ मिनटमा वडा नं. १० का जसी नं. १२ का सुजन तामाङले आत्मघाती गोल गरेपछि वडा नं. २  (३ –०) गोल अन्तरले विजय हासील गरेको छ ।

आजको खेलको म्यान अफ द म्याच वडा न २ का जर्सी नं. १२ खेम आले भएका थिए ।

मेयर कप अन्र्तगत भोलि २ बटा खेल हुने भएको छ । भोलिकोे खेल वडा न ६ र ११ बीच र वडा नं ७ र ३ बीच हुने भएको छ ।

१० दिन सम्म चल्ने उक्त खेलको चैत्र ११ गते फाइनल खेल हुने आयोजकले जनाएको छ मेयर कपको सह आयोजक कावासोती नगरपालिका वडा नं. ५ र नमुना युवा क्लव कावासोती–५ रहेको छ ।

खेलको विहान ८ बजे र दिउसो ३ बजेबाट खेल संचालन हुने वडा स्तरीय प्रचार प्रसार समिति वडा नं. ५ का संयोजक भेषराज गाहाले जानकारी दिए ।



सम्बन्धित
Loading...