देउसोत खोला सामुदायिक वनको अध्यक्षमा भुसाल सर्वसम्मत चयन
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ मा रहेको देउसोत खोला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भुपराज भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
सामुदायिक वनको उपाध्यक्षमा दधिराम पाण्डे, सचिवमा सुनिता बस्याल, सहसचिवमा गुणाखर पाण्डे, कोषाध्यक्षमा कृष्ण बि.क., सदस्यहरुमा तिर्थलाल बिक, कृष्ण मल्ल, लिला न्यौपाने, लोकमाया पौडेल, टोकबहादुर बाचे, बिष्णु झेंडी, शिला बिक र कौशिला भुर्तेल चयन भएको निर्वाचन मण्डलका संयोजक भूमिलाल लामिछानेले बताए ।
त्यसैगरी अधिवेशनले ओमप्रकाश तिवारी संयोजक र बेदुराम पराजुली र बिष्णु अर्जेल सदस्य रहने गरी तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ ।
