आर्थिक विकासको मार्गचित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग
नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा अहिले रातदिन काम धमाधम सुरु हुँदै छ । गौरवका धेरै आयोजनामध्ये नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पनि मुलुकको राष्ट्रिय विकासको पूर्वाधारको आयोजनाभित्र पर्ने एक मुख्य आयोजना हो । काठमाडौंदेखि धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २.३३ किलोमिटर खन्ने काम सम्पन्न भएको छ ।

यो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना १६ महिनाभित्र सक्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार, सार्वजनिक यातायातका लागि निर्माण गर्न लागेको सुरुङको लम्बाइ २.६७ किलोमिटर र चौडाइ ३.५ किलोमिटर अनि दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किलोमिटर र पश्चिम लम्बाइ ०.५६५ किलोमिटर निर्माण हुनेछ ।
यस नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा दिनरात चौबीसै घण्टा ४ सय ५० प्राविधिक जनशक्तिको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।यस सुरुङमार्गको जिम्मा भने जापानको निर्माण कम्पनी हाज्मा एन्दो कर्पोरेसनले लिएको छ
। यस आयोजनाले काठमाडौंदेखि धादिङसम्म सहजै आवतजावत गर्न सकिन्छ भने विभिन्न व्यावसायिक क्षेत्रहरूमा पनि यस गौरवको आयोजनाले आम मानिसहरूलाई टेवा पुग्ने देखिन्छ । मुलुकको आर्थिक विकासको मार्गचित्र भनेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नै हो । यस्ता अरू पनि धेरै विकासका गौरव बोकेका आयोजनाहरू बन्ने क्रममा छन् ।