असी बिघामा सामूहिक तरकारीखेती


अमृतनगर । भरतपुर महानगरपालिका–२५, अमृतनगर जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै नवपुस्ता नयाँ जोशका साथ कृषिकर्ममा होमिएको हो ।



पढाइका क्रममा जिल्लाबाहिर रहेका, रोजगारीका सिलसिलामा घरबाहिर गएकादेखि वैदेशिक रोजगारीमा पुगेका युवाहरु अहिले गाउँ फर्केर परिवारको पेसालाई अघि बढाउन थालेका छन्यही समूहमा आबद्ध रहेका ध्रुव रानाभाट साउदी अरब गएर ११ वर्ष बसेर फर्की चार वर्षअघि तरकारीखेती सुरू गरेका थिए । १५ कट्ठाबाट सुरू गर्दै आठ बिघासम्म तरकारी लगाएका उनको एकाएक कोरोना महामारी आएपछि तरकारी नबिकेर २५ लाख रूपैयाँबराबरको तरकारी बारीमै जोत्नु परेकोले निराश थिए  । ‘साथीहरु आएर मिलेर गरौँ भन्नुभयो, त्यसपछि आँट आयो । सामूहिकरुपमा खेती गरौँ, मिलेरै बेचौँ भनेपछि मैले अढाई बिघामा तरकारी लगाइसकेको छु’, रानाभाटले भने ।




करिब २० वर्षदेखि कृषि पेसामा सक्रिय चन्द्रमणि सुवेदीको परिवारले आफ्नो ५ बिघा जमिनमा तरकारीखेती गर्दै आएको छ । यो परिवारले केही बिघा जमिन भाडामा लिएर पनि तरकारीखेती गर्दै आएको छ । अहिले परिवारको भरोसा बनेर यही समूहमा आबद्ध रहेर कृषि पेसालाई अघि बढाउँदैछन्, २८ वर्षीय छोरा सुमन सुवेदी । यस्तै, कुमारीचोकका लेखनाथ भूषालले भौतिक विज्ञानमा स्नातकोत्तर गरेका छन् । भूषाल अहिले अवसरहरु त्याग्दै परिवारको पेसा थाम्न सक्रिय छन् ।



सम्बन्धित
Loading...