चितवनमा सवारी दुर्घटना : आठ महिनामा ७९ को मृत्यु




भरतपुर । चितवनमा चालू आर्थिक वर्ष ०७७/७८ को आठ महिनामा सवारी दुर्घटनाबाट ७९ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पुरूष ६४ जना, महिला ११ जना, बालक एक जना र बालिका तीन जना रहेका छन् ।

गत आर्थिक वर्ष ०७६/७७ को आठ महिनामा जिल्ला सवारी दुर्घटनाबाट ९३ जनाको मृत्यु भएको थियो । अघिल्लो आव ०७५/७६ को आठ महिनामा दुर्घटनाबाट ११० जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरुमा दुर्घटनाको दर बढेपछि मृत्युदर भने कम भएको छ ।




चालू आवको फागुन मसान्तसम्ममा २९७ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । गत आवको यस अवधिमा २११ वटा र अघिल्लो आवको यस अवधिमा २०६ वटा दुर्घटना भएका थिए ।



सम्बन्धित
Loading...