मोटरसाइकलको ठक्करबाट ४ बर्षीय बालिका गम्भीर घाइते 




रजहर (नवलपरासी) । पूर्वी नवलपरासीमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।

सोमबार साँझ देवचुली नगरपालिका १६ रजहर बजारमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र. ३–०२–००९ प ९४१७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँका शान्ति सुनारकी ४ बर्षीया बालिका रिया सुनार गम्भीर घाइते भएकी हुन् ।




उनलाई बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको रजहर प्रहरीले जनाएको छ ।

बालिकाको टाउकोमा चोट लागेको छ भने बालिकाको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...