नवलपुरमा लागु औषध सहित २ जना पक्राउ




३ चैत्र, नवलपुर ।

नवलपुरबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् ।




आज मंगलवार बिहान ९ः२० बजेको समयमा पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. १६ स्थित ४० किलो क्षेत्रबाट चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. २७ का ३१ बर्षीय बिनोद चौधरी र वडा नं. १७ का ३३ बर्षका बिजय लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ग १ ख ९६१६ नं. को बसमा सवार उनीहरुबाट प्रहरीले नुर्फिन ९७ एम्पुल, फेनेरागन ९७ एम्पुल र डाईजोपाम ९७ एम्पुल लागुऔषध फेला पारेको हो ।

लागु औषध सहित पक्राउ परेका दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट ८ किलोमिटर पश्चिमबाट उनीहरुलाई प्रहरीले समातेको हो ।



सम्बन्धित
Loading...