दुम्किबासबाट अवैध सामग्री बरामद
दुम्किबास (नवलपुर) । अवैध रुपमा भन्सार छली गरी ल्याएको अवैध सामाग्री नवलपुर प्रहरीले पूर्वी नवलपरासीको दुम्किबासबाट बरामद गरेको छ ।
विनयी त्रिबेणी गाउँपालिका १ दुम्किबासमा इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले लु २ ख ४५४५ नम्बरको बसमा ल्याउँदै गरेको सामग्री बरामद गरेको हो ।
प्रहरीले सुती कुर्ता सलवार १७ पिस, सारी ६० मिटरको २ थान, चाबीको छल्ला १ सय ८४ वटा, मांयुर ३६ प्याकेट, सानो खेलौना४० प्याकेट र ठुलो खेलौना २ वटा बरामद गरेको हो ।