तीन लाख नगदसहित कौडा खेलिरहेको ७ जना पक्राउ
धादिङ । ज्वालामुखी गाउँपालिका २ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका ४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।