वर्षदिनमा ४० क्विन्टल मह उत्पादन, आन्दानी २० लाख


कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुन्छन् । कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउँछ्न । मौरीहरुको आधार चाका हेरचाह गर्दै उनीहरुको दिनचर्या बित्छ ।



मौरीलाई आधार चाका दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए। त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ । गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु पाँच लाखसमेत लागेको राणा बताउँछन् ।




तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ । आजकाल प्रतिकेजी रु ६०० मा बिक्री हुन्छ । कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ । नौजनाको परिवार मह बेचेर चलाएको राणा बताउँछन् त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु २० लाख आम्दानी हुने गरेको छ। उनी मौरीपालनमा लागेको १० वर्ष भयो । आफूहरुको मेहनत देखेर आफूहरुलाई नेपाल सरकारले गत वर्ष रु १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत मौरीपालन गर्न दिएको राणा बताउँछन् । यस वर्ष पनि रु १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् ।

विसं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु १० दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताए। मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ ।



सम्बन्धित
Loading...