राष्ट्रिय बीमा कम्पनीले ल्यायो ‘विद्यार्थी सुरक्षा बीमालेख’
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले “विद्यार्थी सुरक्षा बीमालेख” ल्याएको छ । कम्पनीले नेपालका सार्वजनिक तथा निजी विद्यालय क्याम्पस तथा संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुको जोखिमलाई मध्यनजर गरि “विद्यार्थी सुरक्षा बीमालेख” ल्याएको हो ।
उक्त बीमालेख लालिगुराँस बाटीका माध्यमीक विद्यालय, नरेफाँट, कोटेश्वर, काठमाण्डौंका ८०४ जना विद्यार्थीहरुको बीमा गर्दै कार्यान्वयनमा आएको छ । कम्पनीले एक समारोहविच विद्यालयलाई आवश्यक पर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको दुर्घटना बीमा, सम्पत्ती बीमा लगायत अन्य सबै खाले निर्जीवन बीमा सेवा आदान– प्रदान गर्ने सहमती गरेको छ ।
कम्पनीले बीमालेखहरुले समेट्ने तथा नसमेट्ने विषयहरु, दावि भुक्तानी प्रकृया आदिको वारेमा सहभागीहरुलाई अभिमुखीकरण समेत गरेको छ ।
कार्यक्रममा विद्यालयका तर्फबाट कार्यकारी निर्देशक सुदर्शन प्रसाद पराजुली र प्रधानाध्यापक हरी प्रसाद शिवाकोटी तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र अण्डरराइटिंग विभाग प्रमुख सृजना पन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्दै विद्यार्थी सुरक्षा बीमालेख समेत आज मंगलबार लागू हुने विद्यालयलाई बीमालेख हस्तान्तरण गरिएको छ ।
