ज्वाई मारेर फरार रहेका मलाङ ४१ वर्ष पछि पक्राउ
ज्वाई नाता पर्ने एक जनालाई मारेर फरार रहेका मलाङ तामाङ ४१ वर्षपछि पक्राउ परेका छन् । साबिक परासन गाविस– १ च गाउँ बुद्धबस्तीका ७६ वर्षीय तामाङलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । उनले उधारोमा गाउँकै ज्वाई नाता पर्ने नाम्जा तामाङसँग भैँसी किनेका थिए । एक हजार पाँच सयमा भैँसी उधारो किनेका मलाङले रकम तिर्नुकोसाटो उल्टै नाम्जाको हत्या गरेका थिए । । कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार घट्ना २०३६ साल फागुन ८ गतेको हो। मलाङविरुद्ध तत्कालिन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतले २०४६ चैत २ गते १० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
घट्नालगत्तै भारततर्फ फरार रहेका उनी पछिल्लो समय घरमा आएका थिए। उनलाई आवश्यक कारवाहीको लागि कञ्चनपुर जिल्ला अदालत पेश गरिएकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
