नवलपुरमा जिल्ला जनगणना कार्यालय स्थापना




कावासोती । पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ ।

कावासोती ८ थकाली चोकमा मंगलबार जिल्ला जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी जित्रेन्द रानाभाटले जानकारी दिए ।




जिल्ला जनगणना कार्यालय स्थापना भएसँगै जनगणनाको लागि आवश्यक पर्ने गणक र सुपरभाइजरका लागि यही कार्यालयबाट दरखास्त दिन सकिने छ ।

देश भर जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना अन्तरगत देशभर तथ्यांक संकलन कार्य हुँदै छ ।

नवलपुरमा जनगणनाका लागि ४ सय ६२ जना गणक र १ सय ४ जना सुरपभाइजर खटिने जिल्ला जनगणना अधिकारी जित्रेन्द रानाभाटले बताए ।



सम्बन्धित
Loading...