सामुदायिक प्राकृतिक चिकित्सालय ओली समूह पराजित
वरिष्ठ उपाध्यक्षमा न्यौपाने, सचिवमा घिमिरे विजयी
रजहर । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको नयाँ सञ्चालक समिति गठनका लागि भएको निर्वाचनमा नेकपा (एमाले) ओली समूह पराजित भएको छ ।
सहमति जुट्न नसकेको दुई पदका लागि भएको निर्वाचनमा ओली समूह पराजित भएका हुन् ।
ओली बाहेकका अन्य पार्टीको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्षमा पेउ नारायण न्यौपाने र सचिवमा प्रदिपराज घिमिरे विजयी भएका छ्न ।
मंगलबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित पेउ नारायण न्यौपानेले निकटम प्रतिद्वन्द्वी ऋृषि तिवारीलाई १ सय ४८ मतको अन्तरले पराजित गरेका हुन । न्यौपानेले ३ सय ९० मत प्राप्त गर्दा तिवारीले २ सय ४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सचिव पदमा प्रदिपराज घिमिरेले निकटम प्रतिद्वन्द्वी टोपराज कोइरालालाई १ सय ४६ मतान्तरले पराजित गरेका हुन । घिमिरेले ३ सय ९६ मत प्राप्त गर्दा कोइरालाले २ सय ५० मत पाएका निर्वाचन समितिले जनाएको छ ।
कुल १ हजार ३१ मतदाता रहेको चिकित्सालयको मंगलबार सम्पन्न निर्वाचनमा ६ सय ६९ मत खसेको थियो भने वरिष्ठ उपाध्यक्ष तर्फ ३७ मत र सचीव तर्फ २३ मत बदर भएको बताईएको छ ।
वरिष्ठ उपाध्यक्ष र सचिव बाहेकका अन्य पदहरुमा यस अघिनै सर्वसम्मत रुपमा पदाधिकारी र सदस्यहरु चयन भएका थिए । नयाँ कार्यकालका लागि निवर्तमान अध्यक्ष सन्तबहादुर क्षेत्री पुन अर्को कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन ।
त्यस्तै समितिको महिला उपाध्यक्षमा लक्ष्मी बस्ताकोटी, कोषाध्यक्षमा नेत्र बहादुर पाण्डे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरि कार्य समितिको १६ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै निर्विरोध निर्वाचित हुनेहरुमा लेखा संयोजक जितलाल चौधरी , लेखा समिति सदस्य पिमलाल भट्टराई र लेखा समिति महिला सदस्य धनमाया खडका रहेका निर्वाचन समितिले जनाएको छ ।
https://www.youtube.com/watch?v=os6tnl0xP4c&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2
