पुरुषको नाङ्गो फोटो खिच्ने पक्राउ
सिंगापुरमा पुरुषहरुको नाङ्गो फोटो खिच्ने एकजना केटा पक्राउ परेका छन। १६ वर्षका ति ब्यक्तिले विगत केही समयदेखि यसरि फोटो खिच्ने गरेका थिए। उनि स्विमिङ पुलको शौचालयमा गएर यसरि फोटो खिच्ने गरेका थिए।
एकजना मानिस आफ्नो छोराको साथमा स्विमिङ पुलमा गएका थिए। उनले आफ्नो छोराको फोटो अर्कोले मोबाईल फोनबाट खिचिरहेको देखेपछि यो घटना सार्वजनिक भएको हो। उनले फोटो खिच्ने केटोसंग बिबाद गरी प्रहरीलाई डाकेका थिए। फोटो खिच्ने ब्यक्तिसंग भएका २ वटा मोबाईल फोनमा ५० जना भन्दा बढी केटाको नाङ्गा फोटो भेटिएको थियो। ति ब्यक्तिले १५ वर्षको उमेरदेखि यसरि फोटो खिच्दै आएको थियो। उ पटक पटक स्विमिङ पुलको शौचालयमा फोटोतथा भिडियो खिच्न जाने गर्दथ्यो।
