एयरपोर्टबाट सुन छिराउने महिला पक्राउ




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १ सय ग्राम बराबरको सुन जस्तो पहेलो धातुको १ थान औंठी र १ थान सुनको बाला सहित लमजुङ बाग्लुङपानी गाउँपालिका १ घर भएकी ४२ वर्षीया शान्ति गौतमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एअर अरेबियाको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा उक्त धातु लैजान लागेको अवस्थामा फेला पारी शान्तिलाई प्रहरीले पक्राउ गरेको जनायो ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...