घर आँगन नजिकको रूखमा झुण्डिएको अवस्थामा भेटियो महिलाको शव
कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्।
बिहीबार भीमदत्त नगरपालिका-१० तिल्केनीकी २२ वर्षीया जयन्ती अवस्थी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उनी घरको आँगन नजिक रहेको आँपको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा राखिएको छ।
घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान प्रकाश अवस्थीलाई पक्राउ गरिएको शाहीले बताए।
