चितवनमा दुई दिन विद्युत अवरुद्ध हुने




भरतपुर । चितवनमा चैत ७ र ८ गते विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर सवस्टेशनमा ११ केभी इन्कमर तथा बसकप्लर ब्रेकरहरुको क्षमता अभिबृद्धि गर्ने तथा अन्य मर्मतका कामहरु गर्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

चैत ७ र ८ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए । गर्मी बढेसँगै विद्युतको लोड पनि बृद्धि भई विद्युत आपुर्तीमा समस्या हुनसक्ने भएकाले क्षमता अभिबृद्धि तथा मर्मतको काम अनिवार्य गर्नुपर्ने भएको उनले बताए ।




काम भइरहेको समयमा हस्पिटल र नारायणगढ फिडरहरु पूर्ण रुपले प्रभावित हुने भएकाले विद्युतको बैकल्पिक व्यवस्था गर्न प्राधिकरणले सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।



सम्बन्धित
Loading...