सरावलमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय जनाले पाए रोजगार




नवलपरासी (सरावल), ५ चैत्र । पश्चिम नवलपरासीको सरावल गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन अन्तरगत १ सय जनाले रोजगार पाएका छन् ।

सरावलका सात वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कुलो सफाईको काम थालिएको र सातै वडामा गरी १ सय जनाले रोजगार पाएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत वुद्ध प्रकाश पौडेलले जानकारी दिए ।




उनीहरुलाई दैनिक मजदुरी बापत ५ सय १७ रुपैयाँ भुक्तानी गरिने गरी रोजगारी दिइएको उनले बताए ।

सातै वडामा आवश्यक कार्यक्रमको माग गरिएको र कुलो सफाई आवश्यकता महसुस भएकाले पुराना सिचाँईका कुलो सफाईका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट गरिएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरावल गाँउपालिकामा ५१ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम बापतको बजेट यस पटक ज्यालामा मात्र खर्च गर्न पाईने छ ।



सम्बन्धित
Loading...