बिपन्न क्यान्सर पिडितलाई चौधरी फाउण्डेशनको सहयोग




सिराहाकी एक बिपन्न आर्थिक अबस्थाकी महिलाको उपचारमा चौधरी फाउण्डशनले आर्थिक सहयोग गरेको छ ।

मुखको प्रारम्भिक क्यान्सरको लक्षण देखिएर आर्थिक अभावले उपचार हुन नसकेकी सिराह कोर्जनहा नगरपालिका वडा नम्बर ९ की ३० वर्षिया गौरी देवी पासवानलाई बुधवार फाउण्डेशनले ५० हजार नगर सहयोग गरेको हो ।




पासवानको चितवन भरतपुर स्थित मनकामना अस्पतालमा शल्यकृया हुने भएको छ । यस अघि उनको क्यान्सर अस्पतालमा उपचार भएको हो ।

आर्थिक अभावका कारण उपचार हुन नसकेर घर फर्किन लागेको जानकारी पाएपछि नगद सहयोग गरिएको फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धितालले जानकारी दिए ।

अस्पतालले उनको शल्यकृया समेतकालागि ४० हजार रकम आबस्यक पर्ने जानकारी दिएको हो । फाउण्डेशनले ५० हजार नगद अस्पतालमा जम्मा गरिदिएको धितालले जानकारी दिए ।

सम्पत्तिको नामा २ धुर जग्गा मात्र रहेकी गैरीदेबी ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्दै अँएकी छन । उनका २ छोरा छन । उनका श्रीमान भारतमा मजदुरी गर्दछन ।

उपचार गर्ने पैसा नभएका कारण घर फर्किन बाध्य भएको भन्ने जानकारी पछि फाउण्डेशनले उनको उपचारमा सहयोग गरेको हो ।

 



सम्बन्धित
Loading...