बर्दघाट बाढीपीडितमा पक्की बाटो उद्घाटन




बर्दघाट । शुक्रबार पश्चिम नवलपरासीको बर्दघाट ४ बाढीपीडितको उपहार नगरमा पक्की बाटोको उद्घाटन गरिएको छ ।
बाटोको बर्दघाट नगरपालिका प्रमुख धिरज बस्यालले उद्घाटन गरेका हुन् ।

बस्यालले बर्दघाट नगरपालिकाले सडक लगायत भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
बाटो उद्घाटन कार्यक्रममा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बाटो अनुगमन समितिका सदस्य कृष्ण प्रसाद ढुंगाना, धौलागिरि टोल विकास सस्थाका अध्यक्ष डिलाराम चालिसे, उपहानगर टोल विकास सस्थाका अध्यक्ष श्रृजना आचार्य लगायतले मन्तब्य राखेका थिए ।




बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष केयरसिँह गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव जनक रावले आर्थिक बर्ष २०७७÷७८ को बार्षिक बजेट अन्र्तगत ४ सय ७० मिटर कालोपत्रे सडक निर्माण कार्य भएको र सो का लागि बर्दघाट नगरपालिकाबाट २० लख ७८ हजार ७ सय १३ सहयोग गरेको बताए । उनका अनुसार ८ लाख ९० हजार ८ सय ७७ रुपैयाँ बराबरको श्रमदान गरी २९ लाख ६९ हजार ५ सय ९० रुपैयाँ लागतमा बाटो निर्माण गरिएको हो ।



सम्बन्धित
Loading...