प्रगतिनगरमा आत्महत्यापछि परिवारका सदस्य प्रहरी नियन्त्रणमा


नवलपरासीपूर्व देवचुलीको प्रगतिनगरमा आत्महत्या गरिएकी महिलाको घर परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




देवचुली नगरपालिका १० स्थित भगवति टोलकी २४ वर्षीय महिला सरिता सापकोटा घिमिरले गत फागुन २४ गते आफ्नै घरको कोटामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

सरिताले घरको आफ्नै कोठाभित्र चुकुल लगाएर झुण्डिएर आत्महत्या गरिएको भेटिएको थियो । घटना भएको १३ दिनपछि उनको माइती पक्षले घर परिवारले मानसिक यातना दिएको कारण सरिताले आत्महत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएका थिए ।




माइती पक्षको किटानी जाहेरी दिनुका साथै १३ औं दिनको पुण्य तिथिका दिन घरमै आएर विरोध गरेपछि प्रहरीले सरिकाका श्रीमान सहित परिवारलाई चार जनालाई नियन्त्रणमा लिएको छ ।

माइती पक्षले घरमै आएर प्रदर्शन गरेपछि प्रहरीले मृतकको श्रमानसहित ससुरा हिमलाल घिमिरे, सासु तिला घिमिरे र अमाजु जमुना खराललाई आज दिउसै घरबाटै नियन्त्रणमा लिएको छ ।

माइती पक्षले विहानैदेखि घरमै गएर प्रदर्शन गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

यसअघि आजै विहान स्थानीय भगवति आमा समूहले मृतकको घरमा श्रद्धाञ्जली सभासमेत गरेका थिए ।




सम्बन्धित
Loading...