गैडाकोटमा स्वर्गीय गिरिजाबाबुको स्मरण




नेपाली काँग्रेस नवलपुरको गैँडाकोट ५ वडा समितिले ११ औं जी.पी.स्मृति दिवसमा दीप प्रज्ज्वलन गर्दै गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेको छ ।

गैँडाकोटको पार्टी कार्यालयमा नेपाली काँग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले दीप प्रज्ज्वलन गर्नुभयोे । गैँडाकोट वडा नं ५ का सभापति गोविन्द घिमिरेले संयोजन गर्नुभएको सो कार्यक्रममा स्वर्गीय गिरीजाप्रसाद कोइरालाको योगदान बारेमा अधिकारीले चर्चा गर्नुभयोे ।




नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता उपस्थित भएर गिरिजा प्रसाल कोईरालालाई समरण गर्दै सम्मान प्रकट गरेका थिए ।

यसैगरी, जी.पी कोइराला फाउन्डेशन गैँडाकोट नगर समितिले आजै पूर्णता पाएको छ । समितिको सह संयोजकमा कुमारी रेखा पौडेल, सचिवमा प्रकाश कोइराला, कोषाध्यक्षमा रोशन अधिकारी, सह–सचिवमा बिराट सापकोटा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा शान्ति कोइराला, यदुनाथ सापकोटा, हरिप्रसाद सापकोटा, ईश्वरी सापकोटा जि.सी, हेमराज रसाइली, लिला गरम्जा, डेमप्रसाद चौधरी र बिष्णुप्रसाद पोखरेल मनोनित हुनुभएको हो । यसअघि जी.पी कोइराला फाउण्डेशन जिल्ला समिति नवलपुरले जगन्नाथ उपाध्यायलाई गैँडाकोट नगर संयोजकमा मनोनित गरेको थियो ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40



सम्बन्धित
Loading...