प्राकृतिक चिकित्सालयका पदाधिकारीको पद हस्तान्तरण




नवलपरासीपूर्व देवचुली १६ रजहरस्थित सामुदाियक प्राकृतिक चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरको पद हस्तान्तरण गरिएको छ ।

नव निर्वाचित ब्यवस्थापन समितिले पद तथा गोपनीयताको सपथ लिनुका साथै आगामी चार वर्षका लागि पदभार ग्रहण गरेका हुन् ।




पद हस्तान्तरण कार्यक्रममा शुभकामना राख्दै चिकित्सालयका प्रमुख संरक्षण कमलप्रसाद आचार्यले निर्वाचित भए आइसकेपछि राजनीतिको जुत्ता बाहिरै फुकालेर काम गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा आफूले निकै दुःख कष्ट गरेर सस्था स्थापना गरेको स्ममरण गराउनुभयो ।

यस्तै, संविधानसभा सदस्य महेन्द्रध्वज जिसीले प्राकृतिक चिकित्सालय अब रजहरबासीको मात्र नभई राष्ट्रकै गहना भएको बताउभयो । कोरोना संक्रमणकाबेला कोरोना अस्थायी अस्पताल बनाइएपछि यसको महत्व अझै बढेको उहाँको भनाइ थियो ।

यस्तै, प्राकृतिक चिकित्सालयको भौतिक संरचना निर्माणमा सहयोग गर्नु भएकी समाजसेवी गौरीदेवी प्रधान, ललितबहादुर बोहरा, देवचुली वडा नम्बर १६ का अध्यक्ष केशरबहादुर क्षेत्री, चिकित्सालयका नव निर्वाचित अध्यक्ष सन्तबहादुर क्षेत्री लगायतले शुभकामना तथा प्रतिबद्धता भनाइ राख्नु भएको थियो ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40



सम्बन्धित
Loading...