गैँडाकोटमा सचेतनामूलक र्र्याली
गैँडाकोट-
जंगलमा आगलागी हुन नदिन नवलपुरको गैँडाकोटमा सचेतनामूलक र्र्याली निकालिएको छ । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह अन्तर्गत शनिबार गैँडाकोट २ भृकुटीचोकदेखि गैँडाकोट नगरपालिकासम्म र्याली निकालिएको हो ।
सव डिभिजन वन कार्यालय गैंडाकोटको संयोजनमा भएको र्यालीमा गैँडाकोट क्षेत्रका सामुदायिक वनका उपभोक्ताहरुले चेतनामुलक व्यानर सहित सहभागिता जनाएका थिए । र्यालीमा नन्दन सामुदायिक वन उपभोक्ता समूह, जयश्री सामुदायिक वन उपभोक्ता समूह, नारायणी सामुदायिक वन उपभोक्ता समूह, मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले चेतनामुलक व्यानर सहित सहभागिता जनाएका थिए ।
डिभिजन वन कार्यालय कावासोतीका सहायक वन अधिकृत ज्योतीप्रसाद कोईरालाले एक सामुदायिक वनबाट अर्को सामुदायिक वनमा समेत आगो फैलिन सक्ने भएकाले सबै बनको उत्तिकै भूमिका हुने बताउनुभयो ।
¥याली पछि आयोजित कोण सभामा बोल्दै सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ गैँडाकोटकी सचिव निर्मला कंडेलले वन संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउँदै गर्मीयाममा हुन सक्ने आगलागीतर्फ सचेत बन्न आग्रह गर्नुभयो ।
गैँडाकोटका सामुदायिक वनको प्रतिनिधित्व गर्दै जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरेले वन सबैको धन भएको र यसबाट प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभ मिल्ने भएकाले यस्को रक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
¥याली पछि आयोजित कोण सभाका अध्यक्ष सब डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत सूर्यसिंह गुरुङले वनको संरक्षणमा समुदायका व्यक्ति तथा उपभोक्ताहरुको लगाव महत्त्वपूर्ण रहेको बताउँदै यसलाई जोगाईराख्न सक्रिय भई लाग्नुपर्ने बताउनुभयो । यहाँका सामुदायिक वनका लागि आफुले गर्नुपर्ने दायित्वप्रति सँधै तयार रहेको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण मौलाकाली सामुदायिक वनका उपसमितिका संयोजक गिरिराज लम्सालले गर्नुभएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गत चैत्र १ गतेदेखी ७ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाईएको हो ।