जनज्योति माविको ५४औं वार्षिकोत्सव
नवलपरासीपूर्व देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको जनज्योति माध्यमिक विद्यालयले स्थापनाको ५४औं वार्षिकोत्सव मनाएको छ ।
चैत्र ७ गते परेको ५४ औं स्थापना दिवसमा बिद्यालयका संस्थापक सदस्य बद्रीनाथ बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । स्थापना दिवसकै अवसर पारेर संस्थापक सदस्य बसेलले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि १ लाख ५ हजार रुपैंयाको अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभयो ।
बार्षिकोत्सव कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष हरिभक्त भटराई, बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष रामप्रसाद शर्मा मरासिनी, पुर्व प्रधानाध्यापक दशरथ तिवारी, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतले बोलेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक मिनबहादुर दाहालले बिद्यालयमा भए–गरेका गतिविधि सहित स्वागत भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक श्रीराम नेपालले गरेका थिए ।
((
