श्रीलङ्कामा बस दुर्घटना २४ को मृत्यु
एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटना भएको छ । बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन्। मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।
राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खस्दा दुर्घटनामा दुर्घटना भएको हो । श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापरवाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउने गर्छन्।
यस बस दुर्घटना पनि चालकको लापर्बाहीका कारण भएको प्रत्यक्षदर्शी घाइते यात्रु बताउँछन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
