बुटवलमा पहिलोपटक क्यालिस्थेनिक्स प्रतियोगिता
८ चैत, बुटवल । नेपालमा नौलो खेलको रुपमा उदाउँदै गरेको क्यालिस्थेनिक्स खेलको प्रतियोगिता बुटवलमा पहिलोपटक भएको छ ।
जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्मित क्यालिस्थेनिक्स पार्क (खुल्ला व्यायामशाला) मा भएको प्रतियोगितामा रुपन्देहीका १७ युवती र २२ युवा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
