कावासोती मेयर कपः कावासोती ५ फाइलनमा प्रवेश


 



कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा वडा नं. ५ प्रवेश गरेको छ । आज आईतवार भएको सेमीफाईनलमा ५ ले वडा नं. ११ लाई हराउँदै फाईनलमा प्रवेश गरेको हो ।




कावासोती ५ मा रहेको नमूना खेल मैदानमा भएको खेलमा ५ ले वडा नं. ११ लाई ३–२ गोल अन्तरले पराजित गर्यो ।
वडा नं. ५ र ११ बीच भएको प्रतिस्पर्धामा निर्धारित समयसम्म दुबै टीमबाट कुनै पनि गोल नभएपछि खेल ट्राईब्रेकरमा धकेलियो । ट्राईब्रेकरमा वडा नं. ५ ले ३–२ गोल अन्तरले जित निकाल्यो ।

प्रतियोगिता संयोजन गरेको नमूना युवा क्लवका अध्यक्ष प्रेम थापाका अनुसार भोली सोमवारको सेमिफाईनल प्रतिस्पर्धा वडा नं. २ र १३ बीच हुनेछ । भोलीको प्रतिस्पर्धाबाट जित निकाल्ने समुह र आजको बिजेता वडा नं. ५ बीच फाईनल खेल चैत ११ गते बुधवार हुने थापाले जानकारी गराए ।

यस्तै, मंगलवार २ वटा मैत्रीपुर्ण खेल हुने जनाईएको छ । कावासोती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच एउटा र अर्को महिला समुहबीच मैत्रीपुर्ण फुटवल हुने जनाईएको छ ।

आजको खेलमा वडा नं. ११ का गोलरक्षक बाबुराम महतो म्यान अफ म्याच भए । उनलाई नमूना युवा क्लवका संस्थापक अध्यक्ष सुरजकुमार भुजेलले ट्रफी प्रदान गरे ।



सम्बन्धित
Loading...